विपद्पछि देखा पर्न सक्ने दीर्घकालीन मानसिक समस्याबाट कसरी जोगिने

भिडिओ क्याप्शन सुरु हुँदैछ,
विपद्पछि देखा पर्न सक्ने दीर्घकालीन मानसिक समस्याबाट कसरी जोगिने
Published

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारीमा बाढीमा परिवारका सदस्य, आफन्त तथा घरसम्पत्ति गुमाएका कैयौँ मानिसहरू सो घटनाबाट पुगेको मानसिक आघातबाट अझै बाहिर निस्कन सकेका छैनन् ।

जीवनयापनलाई क्रमश: सामान्य बनाउँदै लैजानुपर्ने बाध्यता भए पनि कतिपय मानिसमा दिनप्रतिदिन नकारात्मक सोच बढ्दै गएको जानकारहरू बताउँछन्।

ठूलो विपद् र अकल्पनीय शोकपछिको सामान्य प्रतिक्रियास्वरूप मानिसमा निराशा उत्पन्न हुने भए पनि त्यो अवस्थाबाट बिस्तारै बाहिर निस्किन नसके गम्भीर मानसिक समस्या निम्तिन सक्ने मनोचिकित्सकहरू बताउँछन्।

यसै सन्दर्भमा 'बीबीसी हातेमालो'का लागि प्रतीक्षा खनालले मनोचिकित्सक डा रचना शर्मा बस्नेतसँग विपद्‍बाट प्रभावित मानिसहरूलाई दीर्घकालीन समस्याबाट जोगाउन के गर्नुपर्छ भनेर सोधेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।