बाढीको जोखिम भएका स्थानका मानिसहरूको पुनर्वास कसरी होला
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले कैयौँ घरगाउँ बगे वा लेदोमा डुबे। भदौ महिनाको घटनापछि हजारौँ मानिस विस्थापित भएका छन्। उनीहरू धेरै अस्थायी शिविरमा वा कैयौँ मानिसहरू आफन्तको सहयोगमा अन्यत्र बसेका छन्।
उनीहरूलाई अहिले आफ्नो पुनर्वास कसरी होला भन्ने चिन्ताले पिरोलेको छ।
कतिपय मानिसले फेरि आफ्नो थातथलोमा फर्किने चाहना व्यक्त गरेका छन् भने केहीले पुरानो ठाँउमा आफू बस्न नसक्ने बताएका छन्।
नदीका किनारमा भएका स्थानहरूमा भविष्यमा बाढीको खतरा पनि हुन सक्ने भन्दै सरकारी अधिकारी र विज्ञहरूले पुरानो स्थानमा बस्ती बसाल्न नहुने धारणा सार्वजनिक गरेका छन्।
यसबारे सरकारको योजना के छ त?
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्यालसँग 'बीबीसी हातेमालो'का लागि निरञ्जन राजवंशीले गरेको कुराकानी सुन्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।