बाढीबाट विस्थापित ज्येष्ठ नागरिकलाई कस्तो हेरचाह र संरक्षण चाहिन्छ
गत भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा अकस्मात् आएको विनाशकारी बाढीले कैयौँ ज्येष्ठ नागरिकलाई आफ्ना छोराछोरी, नातिनातिना र प्रियजनसँगै सर्वस्व सम्पत्ति गुमाउन बाध्य बनाएको छ।
अहिले अस्थायी शिविरमा आश्रय लिइरहेका कैयौँ ज्येष्ठ नागरिकहरू पूर्ण रूपमा सहाराविहीन बन्न पुगेका छन्।
विपद्बाट प्रभावित त्यस्ता मानिसलाई कस्तो किसिमको स्वास्थ्य तथा मानसिक हेरचाह आवश्यक पर्छ र उनीहरूको दीर्घकालीन संरक्षण तथा सुरक्षाको सुनिश्चितताका लागि राज्यले केकस्ता कदम चाल्नुपर्छ त?
यस विषयमा 'बीबीसी हातेमालो'का लागि सागर बुढाथोकीले ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा ऊर्जा भट्टराईसँग कुराकानी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।