इन्डोनेशियाको नयाँ राजधानीको दिगोपन 'अनिश्चित'

इन्डोनेशियाको नयाँ राजधानीको दिगोपन 'अनिश्चित'
Published

इन्डोनेशिया अहिले जाकार्ताबाट नुसान्तारा नामको नयाँ सहरमा राजधानी सार्ने प्रक्रियामा छ।

त्यसलाई गति दिनका लागि केही दिनअघि राष्ट्रपति जोको विडोडोले मन्त्रिपरिषद्‌को बैठक नै नयाँ सहरमा आयोजना गरे। यो उनको कार्यकालको सबैभन्दा महँगो परियोजना हुने छ।

सरकारले यसलाई 'स्मार्ट', हरित र दिगो सहरका रूपमा प्रचार गरे पनि कतिपय मानिसहरूले यसको दिगोपनबारे शङ्का व्यक्त गरेका छन्।

निरन्तर भासिँदै गएको र खानेपानीको समस्याबाट पीडित जाकार्ताभन्दा नयाँ सहर नुसान्तारा कति फरक छ भन्ने कुरा अझै अनिश्चित रहेको विज्ञहरूको पनि मत छ।

यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।