काजकस्तानमा ७० वर्षपछि जङ्गल फर्कियो दुर्लभ जातको बाघ
काजकस्तानमा ७० वर्षपछि जङ्गल फर्कियो दुर्लभ जातको बाघ
Published
झन्डै एक शताब्दीअघि मध्यएशियाबाट आमुर बाघ लोप भयो।
उक्त दुर्लभ बाघलाई त्यहाँ पुनःस्थापित गर्ने एउटा कार्यक्रमअन्तर्गत भर्खरै काजकस्तानको इली-बल्खाश आरक्षमा रुसबाट ल्याइएको एउटा पोथीलाई छोडिएको छ।
उमित नामक उक्त पोथीसहित रुसबाट चारवटा बाघ ल्याइएको छ।
बाँकी तीनवटा बाघलाई जङ्गलमा छोड्ने निर्णय गर्नुअघि नयाँ वासस्थानमा उमित कसरी रमाउँछे भनेर अनुगमन गरिने अधिकारीहरूले बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



