अफ्रिकास्थित स्पेनी क्षेत्रमा पौडी खेल्दै आएका आप्रवासीहरूको ओइरो

भिडिओ क्याप्शन सुरु हुँदैछ,
अफ्रिकास्थित स्पेनी क्षेत्रमा पौडी खेल्दै आएका आप्रवासीहरूको ओइरो
Published

विगत एक सातामा मोरक्कोबाट १,५०० भन्दा बढी मानिसहरू समुद्री मार्ग हुँदै उत्तर अफ्रिकामा रहेको स्पेनी क्षेत्र स्यूटामा छिरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

आप्रवासीहरूको ओइरो लागेकाले स्यूटामा "राष्ट्रिय मानवीय सङ्कट" को अवस्था उत्पन्न भएको त्यहाँका स्थानीय प्रशासकले बताएका छन्।

"आश्रयस्थलहरू भरिएका छन्। अब अरू ठाउँ बाँकी छैन," ह्वाँ हेसूस बीबासले भने।

मोरक्कोका सीमा सुरक्षा गार्डहरू पछि हटेको बताइएको छ।

स्पेन सरकारले यो समस्या समाधान गर्ने प्रयास भइरहेको बताएको छ। तर प्रहरी र सिभिल गार्डहरूले त्यहाँको परिस्थितिसँ सम्बोधन गर्न आफूहरूसँग पर्याप्त स्रोतसाधन नभएको बताएका छन्।

स्यूटा र मेलीया अफ्रिकासँग सीमा जोडिएका स्पेनी भूभाग हुन्। युरोप पुग्न चाहने आप्रवासीहरूले यी दुवै सहरबाट सीमा पार गर्ने प्रयास गर्दा बेलाबेलामा यस प्रकारको लहर देखिने गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।