बन्धक भएर फर्किएका इजरेली बालकले परिवार भेट्दाको भावुक क्षण

भिडिओ क्याप्शन सुरु हुँदैछ,
बन्धक भएर फर्किएका इजरेली बालकले परिवार भेट्दाको भावुक क्षण
Published

हमासले बन्धक बनाएका इजरेलीहरूलाई रिहा गरेपछि उनीहरूका परिवारमा खुसी र राहत मिलेको छ।

रिहा भएर स्वदेश आइपुगेका नौ वर्षका ओहाद मुन्दर इजरेलको पेटा टिक्भास्थित श्नाइडर चिल्ड्रन्स् मेडिकल सेन्टरको हल बाहिर रहेका आफ्ना बुबासँग भेट्न दौडिए।

अस्पतालले सार्वजनिक गरेको भिडिओमा ती बालककी आमा केरेन र हजुरआमा रुथी पनि परिवारसँग पुनर्मिलन हुँदाको दृश्य देखिन्छ।

इजरेलले पनि गाजामा सङ्घर्षविराम गर्दै उसले पक्राउ गरेका केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सहमति जनाएको छ।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।