गाईले औजार प्रयोग गरेको देखेपछि वैज्ञानिकहरू चकित

गाईले औजार प्रयोग गरेको देखेपछि वैज्ञानिकहरू चकित
Published

अस्ट्रियामा एउटा घरपालुवा गाईले जीउ कन्याउन औजार प्रयोग गरेको देखेपछि वैज्ञानिकहरूले गाईहरूको सङ्ज्ञानात्मक क्षमताबारे अध्ययन थालेका छन्।

भिएनास्थित भेटरिनरी मेडिसिन विश्वविद्यालयसँग आबद्ध अनुसन्धानकर्ता डा आन्टोनिओ जे ओसुना-मास्कारो भन्छन्,"हामीलाई गाईहरूले औजार चलाउन सक्छन् भन्ने लाग्दैनथ्यो अनि तिनले एउटै साधनलाई भिन्नभिन्न तरिकाले प्रयोग गर्ने अपेक्षा गरेका थिएनौँ।"

"यसअघिसम्म यस्तो क्षमता चिम्पान्जीहरूमा देखिएको विवरणहरू निरन्तर आउने गरेका थिए।"

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।