इजरेलमा ज्यान गुमाएका नेपालीका परिवारको चित्कार

इजरेलमा ज्यान गुमाएका नेपालीका परिवारको चित्कार
Published

हमासका लडाकुहरूको आक्रमणमा परी इजरेलमा ज्यान गुमाएका नेपालीका परिवारजन अहिले शोकमा डुबेका छन्।

कृषि विज्ञानमा स्नातकको अन्तिम चरणमा रहेका ती नेपाली विद्यार्थीहरू कृषि फर्ममा प्रयोगात्मक सीप सिक्ने उद्देश्यले झन्डै एक महिना अघि त्यहाँ पुगेका थिए।

इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँका क्रममा मारिएका ती नेपालीका परिवारलाई सरकारले प्रति परिवार १० लाख रुपैयाँ ‘तत्काल राहत स्वरूप उपलब्ध गराउने’ निर्णय गरेको छ।

मृतकको सम्झनामा आज मङ्गलवार 'राष्ट्रिय शोक मनाउने' निर्णय सरकारले गरेको थियो।

धनुषाबाट वृजकुमार यादव, सुनसरीबाट विक्रम निरौला र सुर्खेतबाट प्रकाश पन्तको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।