ब्रिटिश सैनिकहरूले यसरी लिए रुसी तेल ट्याङ्कर नियन्त्रणमा
ब्रिटिश सैनिकहरूले इङ्ग्लिश च्यानलमा रुसी तेल बोकेको एउटा ट्याङ्करलाई आफ्नो नियन्त्रण लिएको यूकेको रक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको यो भिडिओमा रुसको स्मिर्टोस नामक उक्त "श्याडो फ्लीट" तेल ट्याङ्करमा सैनिकहरूलाई देखिन्छ।
छ घण्टा चलेको कारबाहीका क्रममा ब्रिटिश सैनिकहरूले उक्त ट्याङ्करका क्याबिनहरूमा खानतलासी पनि गरेका थिए। ब्रिटिश सेनाले यस प्रकारको कारबाही पहिलो पटक गरेको बताइएको छ।
रक्षा मन्त्रालयले छानबिनका लागि उक्त ट्याङ्कर इङ्ल्यान्डको दक्षिणी तटबाट पर समुद्रमा ब्रिटिश नियन्त्रण र निगरानीमा राखिने जनाएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



