टर्कीमा एलजीबीटीक्यू+ र्यालीमा अश्रुग्यास प्रहार
टर्कीमा 'एलजीबीटीक्यू+' समुदायका संस्था र अभियानकर्मीहरूका घरमा छापा मारिएपछि त्यसको विरोधमा आयोजित र्यालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
पश्चिमी प्रान्त इज्मिरमा सोमवार आयोजित र्यालीमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
टर्की सरकारले पारिवारिक मूल्यमान्यताको रक्षा गर्न ल्याइएको दाबी गरेको "माइ फेमिली इज सेफ" (मेरो परिवार सुरक्षित छ) अभियानअन्तर्गत दर्जनौँ मानिसलाई नियन्त्रणमा लिइएको छ।
मानवाधिकारवादी समूहहरू र विपक्षी नेताहरूले भने सरकारले एलजीबीटीक्यू+ समुदायलाई निसाना बनाउन यो अभियानको दुरुपयोग गरेको आरोप लगाएका छन्।
टर्कीमा समलिङ्गी सम्बन्धलाई अपराध मानिएको छैन तर समलिङ्गीप्रति व्यापक पूर्वाग्रह छ।
राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले एलजीबीटीक्यू+ व्यक्तिहरूलाई "विकृत"को सङ्ज्ञा दिँदै उनीहरूका कारण जन्मदर घट्दै गएको दाबी गर्दै आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



