'२९ दिनमा २,००० किमि': दौडिएरै सबभन्दा चाँडो आल्प्स पार गर्ने व्यक्ति
अल्ट्रा-रनर सोफी वुड्सले विश्वकै सबैभन्दा कठिन चुनौतीमध्ये एक मानिने 'भीआ आल्पिना' मार्ग दौडेर पार गर्दै नयाँ कीर्तिमान बनाएकी छन्।
त्यसका लागि उनले सबैभन्दा चाँडो अर्थात् केबल २९ दिनमा २,००० किलोमिटरको दूरी पार गरिन्। उनले दौडिएरै आठवटा देशमा पर्ने बाटो छिचोलेकी हुन्।
आईभीएफ गर्दा पनि सन्तान जन्माउन नसकेपछि उनले "जीवनलाई फरक रूपमा हेर्न चाहेको" बताएकी छन्।
'भीआ आल्पिना'मा दौडिने विचार मनमा आएपछि उनको लक्ष्य कीर्तिमान बनाउनु पनि बन्यो।
पूरै आल्प्स पर्वतमालामा फैलिएको यो मार्गमा पर्ने उकालो र ओरालो १२ पटक सगरमाथा चढ्दा पर्ने उचाइजत्तिकै छ।
न्युजील्यान्डकी सोफी वुड्स र उनको टोलीले तातो हावाको लहर दुई पटक, आँधीबेहरी, होर्सफ्लाई भनिने जङ्गली झिङ्गाको गोलो र डढेलो पनि सामना गर्नुपरेको थियो।
डढेलोका कारण बाटो फेर्नुपर्दा उनको मार्गमा पाँच किलोमिटर दूरी र २०० मिटरको जोखिमपूर्ण उकालो थपिएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



