जेन जी आन्दोलनका घाइतेको नजरमा विगत एक वर्ष

भिडिओ क्याप्शन सुरु हुँदैछ,
जेन जी आन्दोलनका घाइतेको नजरमा विगत एक वर्ष
    • Author, कमल परियार
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

गत वर्ष भदौ २३ गते अर्थात् नयाँ पुस्ताको विद्रोहको दिन।

भ्रष्टाचार, कुशासन तथा नातावादको अन्त्यको माग गर्दै देशमा विद्यमान बेथिति टुङ्ग्याउने अनि देशमै भविष्य सुरक्षित गर्नेलगायतका उद्देश्यसहित हजारौँ युवा शान्तिपूर्ण ढङ्गले सडकमा ओर्लिए।

तर क्षणभरमै कैयौँले ज्यान गुमाए र कैयौँ अन्य अङ्गभङ्ग भए।

मोरङका शान्तनु ढकाल पनि जेन जी आन्दोलनका क्रममा इटहरीमा गोली लागेर घाइते भए।

गोली लागेपछि लामो समय अस्पताल बसेका शान्तनुको अहिले दिनचर्या फेरिएको छ।

के उनी जेन जी आन्दोलनको जगमा बनेको वर्तमान सरकारका कामकारबाहीप्रति सन्तुष्ट छन्?

विगत एक वर्षमा उनले कस्तो शारीरिक तथा मानसिक पीडा सहनुपर्‍यो?

हेर्नुहोस् उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओमा।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।