'आइरन डोम'ले कसरी क्षेप्यास्त्र रोक्छ, इरानी हमलामा यो इजरेली रक्षाकवच किन विफल भयो

'आइरन डोम'ले कसरी क्षेप्यास्त्र रोक्छ, इरानी हमलामा यो इजरेली रक्षाकवच किन विफल भयो
Published

अक्टोबर महिनामा इरानले प्रहार गरेका सयौँ क्षेप्यास्त्र र ड्रोनको प्रतिरोधमा इजरेलले आफ्नो हवाई प्रतिरक्षा प्रणाली प्रयोग गर्‍यो।

'आइरन डोम' इजरेलको सर्वाधिक परिचित हवाई प्रतिरक्षा प्रणाली हो। शत्रुपक्षबाट प्रहार भएका छोटो दूरीका रकेट, गोला र मोर्टार रोक्न इजरेलले यसलाई रक्षाकवचका रूपमा प्रयोग गर्दै आएको छ।

तर यो प्रणालीले केही रकेटलाई निस्तेज पार्न सकेन।

आइरन डोमले कसरी काम गर्छ र इरानले प्रहार गरेका केही रकेट रोक्न यो प्रणाली कसरी विफल भयो? हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।