इजरेल र प्यालेस्टाइनको १०० वर्ष, पीडित को हो?

इजरेल र प्यालेस्टाइनको १०० वर्ष, पीडित को हो?
Published

इजरेल र सशस्त्र सङ्गठन हमासबीच चलिरहेको युद्धको पछाडि लामो र जटिल इतिहास छ। इजरेल र प्यालेस्टाइनमा झन्डै १०० वर्षदेखि यस्तो द्वन्द्व जारी छ।

इस्लामिक लडाकु समूह हमासले इजरेलमाथि अकस्मात् आक्रमण गरेपछि इजरेल र प्यालेस्टाइनबीच तनाव चुलिएको छ र सयौँ मानिसको ज्यान जानुका साथै लाखौँ मानिस विस्थापित भएका छन्।

तर ती दुईपक्षमा पीडित को हो? युद्ध र नरसंहारबाट भागेर त्यहाँ बसोबास गर्ने यहुदीहरू जसले इजरेल निर्माण गरे वा प्यालेस्टिनीहरू जो आफ्नै घरमा घरबारविहीन भएका छन्?

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।