ड्रोन फुटेजमा मलेशियाली टापुको एउटा गाउँमा लागेको भीषण आगलागी

भिडिओ क्याप्शन सुरु हुँदैछ,
ड्रोन फुटेजमा मलेशियाली टापुको एउटा गाउँमा लागेको भीषण आगलागी

मलेशियाको साबा प्रान्तमा पर्ने बोर्निओ द्वीपस्थित एउटा गाउँमा भीषण आगलागी हुँदा ठूलो क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार आइतवारको घटनामा १,००० वटा घर जलेर नष्ट भएका छन् भने हजारौँ मानिसहरू विस्थापित भएका छन्।

आइतवार सबेरै उक्त तटीय गाउँमा काठबाट बनेका घरहरूमा आगो फैलिएको थियो।

स्थानीय प्रहरी प्रमुखका अनुसार आगलागीका कारण ९,००० स्थानीय बासिन्दा प्रभावित भएका छन्। तर कोही हताहत भएको विवरण प्राप्त भएको छैन।

बाटो साँघुरो भएकाले आपत्कालीन सेवा प्रदान गर्ने कर्मचारीहरूलाई प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको थियो। तीव्र गतिमा चलेको हावाले आगो फैलाएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।