टीभीबाट धेरै चिनिएकी रमा सिंह जो कुनै बेला नेपाली फुटबल टोलीकी कप्तान थिइन्

टीभीबाट धेरै चिनिएकी रमा सिंह जो कुनै बेला नेपाली फुटबल टोलीकी कप्तान थिइन्
Published

रमा सिंहलाई धेरैले नेपाल टेलिभिजनमा समाचार वाचन गरेको देखेका छन्। टेलिभिजन लामो समयसम्म उनको परिचयको अभिन्न अङ्ग बन्यो।

तर उनी भूतपूर्व फुटबल खेलाडी पनि हुन्। उनले नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरिन्।

“समाचारवाचक भनेर धेरैले मलाई चिन्नुभएको छ। कैयौँले मलाई नचिनेको अर्को पाटो पनि छ। त्यो के हो भने म नेपालको पहिलो महिला फुटबल कप्तान पनि हुँ,” उनी भन्छिन्।

विसं २०३९ सालमा नेपालमा महिला फुटबल सुरु भएपछि उनले फुटबल खेल्न थालिन् र राष्ट्रिय टोलीको कप्तान पनि बनिन्।

उनी आफूले फुटबल खेलेको समयलाई कसरी सम्झन्छिन् अनि उनले खेलकुदलाई किन निरन्तरता दिन सकिनन्? सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर तयार पारेको यो भिडिओ हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।